
भीमसेनथापा गाउँपालिकाकाकोघर बीमा कार्यक्रम आकर्षक र प्रभावकारी
यो बर्ष विभिन्न पालिकाहरुले उत्कृष्ट कामका नमूना प्रदर्शन गरिरहेका छन् । आउँदो बर्ष कार्यान्वयन गर्ने नीति तथा कार्यक्रम बनाउन विभिन्न पालिकाहरुले जिल्ला बाहिरका पालिकाबासीलाई समेत सहभागी गराउने प्रयास गरिरहेका छन् । भीमसेन थापा गाउँपालिकाले हालै सुरु गरेको घर बीमा कार्यक्रम पनि उत्कृष्ट कामको नमूना हो । सो पालिकाले पालिकाभित्रका निजी घर तथा सरकारी भवनहरुको बीमा गर्ने प्रचलन सुरु गरेको छ ।
सोमबार पालिकाले राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ । पालिकाले आफ्नै प्रशासकीय भवनको बीमा गरेर सो कार्यक्रमको सु?वात गरेको छ । अब पालिकाले सार्वजनिक सूचना आव्हान गरी निजी तथा सरकारी घर, भवनको पनि बिमा अभियान सुरु गर्ने पालिकाको योजना छ । बीमा गर्न इच्छुक घरधनीले आवश्यक कागजातसहित वडामा निवेदन बुझाउनु पर्ने हुन्छ । सो निवेदन अनुसार बीमा कम्पनीले प्रत्येक घर तथा भवनको चार लाखसम्मको बीमा गर्नेछ ।
अर्थात क्षतिको आधारमा घरधनीले बढीमा चार लाखसम्म क्षतिपूर्ति रकम पाउनेछन् । इट्टा–सिमेन्टले बनेका ढलान घर र भूकम्पपछि निर्माण भएका ढुंगा/इट्टा तथा माटोका घरहरु बीमामा समावेश हुने सम्झौता पत्रमा उल्लेख छ । पूर्ण अस्थायी (काठ, टिन, माटो) ले बनेका, बूढीगण्डकी डुवान क्षेत्रमा पर्ने, ऐलानी तथा सडक मापदण्डभित्रका घरहरु बीमामा समावेश हुने छैनन् ।
बार्षिक विपदजन्य घटनाबाट घरहरुमा हुने क्षतिको क्षतिपूर्ति उपलब्ध गराउनेछ । पालिका आफैले क्षतिपूर्ति दिन धेरै रकम आवश्यक पर्छ, त्यसैले पालिकाले बीमा कम्पनीसँग सम्झौता गरेको हो । बार्षिक सम्पत्रि् कर वापत पालिकाले सबै घरधुरीबाट न्यूनतम २५० रुपैया लिदै आएको छ । सोही रकमबाट पालिकाले व्यक्तिको घरको बीमा गर्नेछ ।




