| सोमवार, जेष्ठ २४, २०८३

नीति कार्यक्रम बनाउन प्रविधिको प्रयोग गर्नु वुद्धिमानी

गोरखाका पालिकाहरुले यसपटकको नीति तथा कार्यक्रम बनाउने क्रममा सर्वपक्षीय राय सुझाव संकलन गरेका छन् । विभिन्न न्यू मिडियाहरुको प्रयोग गरी तथा राय सुझाव संकलनको काम गरेका छन् । विशेषगरी पालुङ्टार नगरपालिका, अजिरकोट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, धार्चे गाउँपालिका, सहिद लखन गाउँपालिकाहरुले फेसबुक पेज, क्यूआरकोड, इमेल, टेलिफोन, जुम मिटिङ आदिको प्रयोग गरी नीति कार्यक्रमप्रति राय सुझाव माग गरेका हुन् ।

न्यू मिडिया तथा मल्टिमिडिया आधुनिक युगको उपज हो । समयले दिएको प्रविधिको प्रयोग गर्नु सबैको चतु¥याइँ हो ।
एआई, प्रविधि भनेको मान्छेको विकल्प होइन, सहयोगी हो । अहिलेको युगमा धेरै काममा एआईको साथ र सहयोग लिने गरिएको छ । प्रविधिको साथ र सहयोग लिनु आफूलाई कमजोरी बनाउनु हो भनेर बुझ्ने एकाथरी छन् भने आफूमा अपुग भएको कुरा एआईको साथ र सहयोगबाट परिपूर्ति गर्नु प्रयोगकर्ताको वुद्धिमता हो ।

त्यसैले अहिले स्थानीय सरकारहरुले आफ्नो पालिकाको चौतर्फी विकासका लागि न्यूमिडियाको प्रयोग गर्नु अतिरिक्त सामथ्र्यको प्रयोग गर्न चलाख्याइँ हो । साथै भौतिक रुपमा उपस्थित हुन नसक्नेहरुलाई पनि राय सुझाव दिन पाउने व्यवस्था गर्नु समावेशिताको सिद्धान्तको उपयोग हो ।

बाँकी अरु पालिका, जसले यी विधि र प्रविधिको प्रयोग गरेका छैनन्, उनीहरुले पनि यस मार्गचित्रमा अघि बढ्नेहरुको बाटो ढिलो वा छिटो अपनाउने नै छन् । किनभने प्रविधि अहिलेको आवश्यकता हो । प्रविधिको प्रयोग गर्नु खुबी पनि हो । अब सबैले प्रविधिको उपयोग गर्नु अनिवार्य जस्तै छ । प्रविधिको प्रयोग नगरी जनशक्तिको मात्र प्रयोग गर्छु भनेर अडान लिने तथा प्रविधिको उपयोग नगर्नेहरु पछाडि पर्ने निश्चितप्राय छ ।

तसर्थ अब अरु सबै पालिकाले पनि यसरी नै प्रविधिको प्रयोग गरी देश, विदेशमा बस्ने विज्ञ, विशेषज्ञ तथा चासो र चिन्तन गर्नेहरुसंग राय सुझाव मागेर पालिकाको नीति निर्माण गरुन् ।

प्रतिक्रिया दिनुहोस्