
गोरखाका मल्ल र अधिकारी फेन्सी व्यवसायी महासंघको केन्द्रिय सदस्यमा चयन
फेन्सी व्यवसायी महासंघको केन्द्रिय सदस्यमा गोरखाका सुवास मल्ल र शोभा अधिकारी चयन भएका छन् । आइतवार चितवनमा सम्पन्न महासंघको राष्ट्रिय सम्मेलनबाट उनीहरु सदस्यमा सर्वसम्मत चयन भएका हुन् । मल्ल फेन्सी व्यवसायी संघ गोरखाका अध्यक्ष हुन् भने अधिकारी सदस्य हुन् ।




