
मानव अधिकार तथा शान्ति समाजको ३० औं स्थापना दिवस मनाइयो
मानव अधिकार तथा शान्ति समाजको ३० औं स्थापना दिवस मनाइएको छ । समाजले मंगलबार विशेष कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । समाजका अध्यक्ष शरदबाबु श्रेष्ठको अध्यक्षतामा स्थापना दिवस कार्यक्रम गरिएको हो ।
कार्यक्रममा समाजका पूर्व केन्द्रीय सचिव सीताराम तिवारीले ‘आदर्श नागरिक समाजको परिकल्पना’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा पूर्व केन्द्रीय कोषाध्यक्ष स्थानेश्वर दुवाडी, पूर्व अध्यक्ष यदु अधिकारी लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।




