| बिहिबार, जेष्ठ ६, २०८३

अनलाइन ठगी गर्नेलाई कडा कारबाहीको कानूनको खाँचा

अहिले अनलाइन ठगीका घटनाहरु दिन प्रतिदिन बढिरहेको छ । प्रहरी कार्यालय तथा अदालतका अभिलेख अध्ययन गर्ने हो भने सबैभन्दा धेरै घटना दर्ता तथा मुद्दा दर्ता नै सम्बन्ध विच्छेद र अनलाइन ठगीका देखिन्छन् । यो एक जटिल सामाजिक समस्याका रुपमा स्थापित भएको छ । अहिले दिनहूँ फेसबुक, ह्वाट्स एप ह्याक गरेर विभिन्न मान्छेहरुसंग पैसा सापटी माग्ने तथा चिठ्ठा परेको छ भन्दै केही रकम जम्मा गर्न लगाउने तथा अन्य विभिन्न बहानाबाजी गरी रकम असुल्ने धन्दा चलिरहेको छ ।

यसले धेरै मान्छेहरु ठगीका सिकार बनेका छन् । तर दुखका साथ भन्नुपर्छ, अनलाइन ठगीजस्तो बिकराल बन्दै गएको अपराधका घटनामा संलग्नलाई कारबाही भने ज्यादै नगन्य छ । अहिलेको बदलिँदो परिस्थितिमा अनलाइन ठगीबाट बच्न तीनै तहका सरकारले नागरिक सचेतना कार्यक्रम गर्नुपर्दछ ।

विडम्बनाको कुरा के छ भने, अपराधको ग्राफ जसरी आकाशिएको छ, दोषीलाई कारबाही गर्ने र पीडितलाई न्याय दिने राज्यको संयन्त्र भने उत्तिकै सुस्त र लाचार देखिन्छ । दैनिक सयौँ नागरिक ठगिँदा पनि कारबाहीको दर ज्यादै नगन्य हुनुले अपराधीहरूको मनोबल थप बढाएको छ ।

प्रविधिको प्रयोग गरेर लुक्ने अपराधीहरूलाई समात्न हाम्रा अनुसन्धान अधिकारीहरूसँग न त पर्याप्त आधुनिक प्रविधि छ, न त कानुनी दायरा नै चुस्त छ । ‘साइबर ब्युरो’ मा उजुरीका चाङ लाग्नु तर दोषी उम्किरहनुले हाम्रो सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ ।

अहिलेको बदलिँदो परिस्थितिमा यस बिकराल समस्याबाट बच्न नागरिक स्वयं पनि सचेत हुन जरुरी छ । डिजिटल साक्षरता नै यसको पहिलो प्रतिरक्षा हो । सामाजिक सञ्जालमा कसैले पैसा माग्यो भन्दैमा हतारिएर रकम पठाउनु हुँदैन । सम्बन्धित व्यक्तिलाई सिधै फोन गरेर वा अन्य माध्यमबाट सत्यता जाँच्नुपर्छ ।

आफ्ना सबै सामाजिक सञ्जाल र वित्तीय खाताहरूमा बलियो पासवर्ड राख्ने तथा अनिवार्य रूपमा टुफ्याक्टर अथेन्टिकेसनु अन गर्नुपर्छ । अपरिचित लिंक र प्रलोभनबाट टाढै रहनेस् चिा परेको, उपहार आएको वा सजिलै पैसा कमाउने अनलाइन विज्ञापन र म्यासेजहरूमा आउने शंकास्पद लिंकहरू खोल्नु हुँदैन ।

बैंक खाताको नम्बर, ओटिपी र व्यक्तिगत विवरणहरू कसैलाई पनि सेयर गर्नु हुँदैन । राज्यले पनि यस्ता अपराध गर्ने हरुलाई नयाँ कडा खालका कानून ल्याएर कारबाही गर्नुपर्दछ

प्रतिक्रिया दिनुहोस्