
लायन्स आँखा सेवा केन्द्रको अध्यक्षमा श्यामबाबु श्रेष्ठ
गोरखा लायन्स आँखा सेवा केन्द्रको अध्यक्षमा श्यामबाबु श्रेष्ठ चयन भएका छन् । केन्द्रको गत शनिबार सम्पन्न पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । केन्द्रको उपाध्यक्षमा चन्दनबाबु खत्री, सचिवमा गोविन्द बहादुर गुरुङ्ग र कोषाध्यक्षमा सुजन कुवँर निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, सदस्यहरुमा भाइचन्द्र श्रेष्ठ अयोध्या जोशी, सन्जय अधिकारी, राजनराज पन्त, दिपक श्रेष्ठ र कृष्ण प्यारा श्रेष्ठ चयन भएको केन्द्रका निवर्तमान अध्यक्ष श्रवण कुमार जोशीले बताए । केन्द्रका अध्यक्ष श्रवण कुमार जोशीको अध्यक्षता तथा गण्डकी प्रदेशको उर्जा जलस्रोत तथा खानेपानी मन्त्री नन्दप्रसाद न्यौपानेको प्रमुख कार्यक्रम सम्पन्न भएको थियो ।




