| बुधबार, बैशाख २९, २०८३

२३ औँ रोट महोत्सव २०८३ सम्पन्न

गोरखनाथ मन्दिरमा २३ औँ सवा लाख रोट महोत्सव २०८३ सम्पन्न भएको छ । गोरखनाथ प्रकट दिवसको अवसर पारेर वैशाख पूर्णिमाको दिन गत १८ गतेबाट सुरुभएको महोत्सव मंगलबार सम्पन्न भएको हो ।

११ दिनसम्म सञ्चालन भएको रोट महोत्सवमा गोरखनाथलाई सवा लाख (एकलाख २५ हजार) रोट अर्पण गरिएको आयोजक सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ ।

महोत्सव अवधिभर गुरु गोरखनाथको बिशेष पूजासहित एकलाख २५ हजार रोट गोरखनाथलाई चढाएको थियो । साथै देवी देवताको पूजा, बिशेष हवन, साधना, भजनकीर्तन लगायतका गतिविधि भएको सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ ।

गुरु गोरखनाथ प्रकट भएको दिनको अवसरमा हरेकवर्ष सिद्धाश्रम शक्ति केन्द्रले रोट महोत्सव गर्दै आएको छ । गहुँ, जौ पिठोमा जाईफल, काजु, ल्वाङ, सुकुमेल, दाख, चिनी, खुदो, नरिबल, किसमिस जस्ता विभिन्न ५२ प्रकारका शक्तिबद्र्धक मसला मिसाएर तयार गरिने रोट गोरखनालाई सबैभन्दा बढि मनपर्ने प्रसादका रुपमा लिइन्छ । रोट चढाएर गोरखनाथलाई खुशी बनाउन सकेमा कुनै भक्तजन तथा मुलुकमा पनि संकट टर्ने धार्मिक मान्यता छ ।

रोट महोत्सवमा आउने भक्तजनलाई सिद्धाश्रम शक्ति केन्द्रले खान बस्न निःशुल्क व्यवस्था समेत गरेको थियो । महोत्सवमा नेपालको विभिन्न जिल्लासँगै छिमेकी राष्ट्र भारतबाट पनि ठूलो संख्यामा भक्तजनहरु आएका थिए ।

प्रतिक्रिया दिनुहोस्