| शुक्रबार, बैशाख १०, २०८३

बेरोजगार युवाहरुलाई सिपमूलक तालिम दिँदै धार्चे गाउँपालिका

गोरखाको धार्चे गाउँपालिकाले बेरोजगार युवाहरुलाई सिपमूलक तालिम दिने भएको छ । गाउँपालिकाले युवा रोजगार कार्यक्रम अन्तरगत ३६ जनालाई तालिम दिन लागेको हो ।

ब्याक लोडर र स्काभेटर चलाउने सम्बन्धी तालिमका लागि ३० जना छनौट गरिएको गाउँपालिकाका जिन्सी शाखा प्रमुख बिजय कुमार श्रेष्ठले बताए । यस्तै ५ जनालाई वइल्डिङ र एक जनालाई ड्रिलङसम्बन्धी तालिमको लागि छनौट गरिएको उनले बताए । ‘हामीले सूचना निकालेर आवेदन संकलन गरि युवाहरुको छनौट गर्रौं,’ उनले भने, ‘उहाँहरुलाई तालिम लिनका लागि बैशाख १५ गतेदेखि जनकपुर पठाउने तयारी गरेका छौं ।’

तालिमको अवधि १५ दिनको हुने उनले जानकारी दिए । तालिममा सहभागि हुनेहरुको आवसीय खर्च गाउँपालिकाले बेर्होने बताएको छ । युवाहरुलाई सिप सिकाएर गाउँमै रोजगार सिर्जना गर्ने उदेश्यले तालिम दिन लागिएको शाखा प्रमुख श्रेष्ठले बताए । छनौट भएका युवाहरुसँग बिहीबार गाउँपालिकाले तालिमसम्बन्धी अन्तरक्रिया तथा छलफल पनि गरिएको शाखा प्रमुख श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्