
चौथो गोरखा–जितगढी पदयात्रा पाल्पा पुग्यो
नेपाली सेनाको चौथो गोरखा–जितगढी पदयात्रा पाल्पा पुगेको छ । गोरखाबाट सुरु भएको यात्रा तनहुँ, स्याङ्जा हुँदै वुधवार पाल्पा पुगेको हो ।
चैत्र २७ गते गोरखा दरवारको हनुमानभन्ज्याङबाट पदयात्रा सुरु भएको हो । पाल्पा पुगेको यात्रा रुपन्देही हुदैं जितगढी पुगेर टुंगिने छ । पदयात्राको टोलि बैशाख ६ गते जितगढी पुग्छ । ७ गते बिजयी उत्सवमा सहभागी हुन्छ ।
तत्कालिन ब्रिटिस इस्ट इण्डिया कम्पनीबीच भएको लडाईमा बिजय प्राप्त गरेको दिन (७ बैशाख) लाई बिजय उत्सवको रुपमा मनाइदै आएको छ । ऐतिहासिक कोट, गढी, किल्लाहरुको संरक्षण गर्दै इतिहासको जगेर्ना गर्ने उदेश्यले पदयात्रा गरिदै आएको छ ।




