
गोरखामा विद्युतीय सुरक्षा दिवस मनाइयो
नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले विभिन्न कार्यक्रम गरी विद्युतीय सुरक्षा दिवस मनाइएको छ । केन्द्रले ‘विद्युतीय खतराबाट बचौं र बचाऔं’ भन्ने मुल नाराका साथ ३० औं विद्युतीय सुरक्षा दिवस मनाएको हो ।
दिवसको अवसरमा केन्द्रदेखि जिविसचोक हुँदै– शक्तिचोक– बसपार्कसम्म जनचेतनामूलक प्रभातफेरी गरिएको केन्द्रका अनिल कैनीले जानकारी दिए । ‘कुनै प्रलोभनमा नपरौं, विद्युतको सुरक्षित उपयोग गरौं,’ ‘सुरक्षाप्रतिको चासो दुर्घटनाको बँच्ने साँचो,’ नगरौं है चोरीको धन्दा, परिएला कानुनको फन्दा’जस्ता नारा लेखिएका प्लेकार्ड लिएर केन्द्रका कर्मचारीहरु कार्यक्रममा सहभागी बनेका थिए ।
सोही अवसरमा केन्द्रका कर्मचारीहरुबीच विद्युतीय सुरक्षाबारे अन्तरक्रिया र छलफल गरिएको कैनीले बताए । आगामी दिनमा विद्युतीय सुरक्षासम्बन्धी चनजेतनामुलक कार्यक्रमहरु स्थानीय तह र विद्यालयस्तरसम्म पु¥याउने उनको भनाइ छ ।




