| शुक्रबार, बैशाख १७, २०८३

ताप्लेमा महिला नेतृत्व क्षमता विकास तालिम सम्पन्न

गोरखा नगरपालिका–२ को ताप्लेमा महिला नेतृत्व क्षमता विकास सम्वन्धी तीन दिने तालिम सम्पन्न भएको छ । गाइखुर सामुदायिक सिकाई केन्द्रको आयोजनामा संचालित तालिमको सोमवार एक कार्यक्रमकाबीच समापन गरिएको हो ।

सवनम मियाँको अध्यक्षता तथा वडाध्यक्ष रहमतुल्ला मियाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य रन्जिता थापामगर, तालिमका सहभागी मनु थापामगर, विष्णु बोहरा, लक्ष्मी श्रेष्ठ, सरिफा मियाँ लगायतले मन्तव्य व्यक्त राखेका थिए । तालिम अवधिभर प्रशिक्षक भीमलाल श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

सहभागीहरुलाई नेतृत्व, नेतृत्वका गुणहरु, उद्घोषण तथा भाषण कला, सूचना, सञ्चार र मिथ्या सूचना पहिचान लगायतका विषयमा प्रशिक्षण दिइएको सामुदायिक सिकाई केन्द्रकी सहजकर्ता जमिला खातुनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्