| सोमवार, कार्तिक २३, २०८३

दुई दिन गोरखा बजारको फोहोर नउठ्ने

बुधबार र बिहीबार गोरखा बजारको फोहोर नउठ्ने भएको छ । गोरखा सदरमुकामको फोहोर संकलन तथा सरसफाईको जिम्मा पाएको क्लिन गोरखा प्रालिले आगामी दुई दिन बजारको फोहोर नउठ्ने जनाएको हो ।

पानी परेर डम्पिङ स्थल जाने सडक अबरुद्ध भएका कारण समस्या भएको प्रालिले जनाएको छ । नगरबासीले केही दिन घरमा नै फोहोर वर्गिकरण गरेर व्यवस्थापन गर्न संस्थाले अनुरोध समेत गरेको छ । प्रालिले विगत केही बर्षदेखि गोरखा नगरपालिकाको फोहोर व्यवस्थापनमा सक्रिय भूमिका खेल्दै आएको छ ।

‘स्रोतबाट फोहोर वर्गिकरण गरौँ’, ‘सफा गोरखा’ लगायत विभिन्न अभियानहरु संचालन गरेर नगरपालिकामा फोहोर व्यवस्थापन गर्दै आएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्