
धर्मशालाका होटल मजदुरको हेलिकोप्टरबाट उद्धारपछि मृत्यू
गोरखाको धर्मशालामा अवस्थित एक होटलका मजदुरको हेलिकोप्टरबाट उद्धार गरेर काठमाडौं पु¥याएपछि मृत्यू भएको छ । लार्केपास जाने अन्तिम शिविर धर्मशालामा रहेको जमल होटलका मजदुर दिपक आले मगरको काठमाडौं शिक्षण अस्पतालमा पु¥याएपछि मृत्यू भएको प्रहरीले जनाएको छ ।
चुमनुब्री गाउँपालिका १ मा अवस्थित सो होटलमा काम गर्ने त्रिपुरासुन्दरी गाउँपालिका ३ धादिङका ३४ बर्षीय आलेलाई कैलाश एयरको हेलिकोप्टरबाट शिक्षण अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । बिरामी भएर थला परेका उनलाई गत फागुन ३० हेलिकोप्टरबाट शिक्षण अस्पताल पु¥याइएको थियो ।
तर चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यू भएको घोषणा गरेको हो । उनको शव चैत १ गते आरुघाट आधारभुत अस्पतालमा पोष्टमार्टम गरी मृतकका भाइ सन्जय आले मगरलाई बुझाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।




