| सोमवार, कार्तिक २३, २०८३

पूजामा बालेको बत्तीले घरमा आगलागी

उत्तरी गोरखाको छेकम्पारस्थित एक घर आगलागीमा परी क्षतिग्रस्त भएको छ । चुमनुब्री गाउँपालिका–७ छुलेका तेञ्जिङ थाया लामाको घर आगालागीबाट क्षतिग्रस्त भएको त्यहाँका वडाअध्यक्ष टासी दोर्जे लामाले जानकारी दिए ।

घरमा साँझको पूजामा बालेको बत्तीबाट आगो सल्किएर पूजाकोठा, भान्साकोठा जलेर सबै सामग्री नष्ट भएको उनले बताए । घरभित्र रहेका महंगा तथा महत्वपूर्ण सामान जलेर नष्ट भएको उनको भनाइ छ ।

घटना भएको थाहा पाएपछि गाउँलेहरु मिलेर आगो निभाएका थिए । तर घर बस्नयोग्य नभएको स्थानीय धावा छिरिङ लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्