| सोमवार, कार्तिक २३, २०८३

होलीमा निर्वाचन आचारसंहिता पालना गर्न प्रशासनको आग्रह

होली पर्वमा शान्ति सुरक्षाको नियमका साथै निर्वाचन आचारसंहिता समेत पालना गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै होली पर्व मनाउदा निर्वाचन चिन्ह अंकित टिसर्ट, टोपी, व्याज लगायत कुनैपनि निर्वाचन आचारसंहिता विपरितहुने वस्तु प्रयोग नगर्न/नगराउन प्रशासनले आग्रह गरेको हो ।

‘कसैको धार्मिक, सांस्कृतिक तथा सामाजिक परम्पराको संरक्षण संबद्र्धनमा कुनै प्रतिकुल असर नपर्ने गरी मर्यादित, सभ्य, भव्य एवं सुसंस्कृत रुपमा होली पर्व मनाउनुहुन हार्दिक अनुरोध गर्दछौँ’, सूचनामा भनिएको छ । होली पर्वमा परिचीत व्यक्तिहरु, आफन्त र साथीभाई बीच मात्र रंग खेल्न तथा जबर्रजस्ती नगर्न प्रशासनले आग्रह गरेको छ ।

यस्तै, सभ्य सिष्ट र मर्यादित रुपमा होली पर्व मनाउन तथा कानुनद्धारा बर्जित कुनै पनि क्रियाकलाप नगर्न, नगराउन हुन कार्यालयले आग्रह गरेको हो । कानुन विपरीत क्रियाकलाप गरी सार्वजनिक शान्ति भंग हुन गएमा कानुन बमोजिम कडा कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्