| सोमवार, कार्तिक २३, २०८३

‘एलजीपास’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

स्थानीय शासन कार्यसम्पादन मूल्याकंन प्रणाली (एलजीपास) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको आयोजनामा गोरखासहित नवलपरासी पुर्वका १९ वटै पालिका प्रमुख प्रशासकीय अधिकृत, योजना अधिकृत, आइटी अधिकृत लगायतको सहभागीता रहेको थियो ।

सोमवार र मंगलवार दुई दिनसम्म चलेको तालिममा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय गण्डकी प्रदेशका उपसचिव पार्वती लामिछाने, प्रतिष्ठानका उपसचिव नारायण पौडेल, जिल्ला समन्वय समिति तनहूँका जिल्ला समन्वय अधिकारी शिवप्रसाद रिजाल, प्रणय शर्मा लगायतले सहजिकरया गरेका थिए ।

कार्यक्रममा एलजीपासका बिभिन्न क्षेत्र/उपक्षेत्र एवं सूचक/उपसूचकका बारे छलफल समेत भएको थियो । यही बर्षबाट यो प्रणालीबाट सबै स्थानीय तहको स्वमूल्याकंन समेत हुने बताइएको छ । प्रतिष्ठानका उपसचिव पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्