| सोमवार, कार्तिक २३, २०८३

नेपाल कराँते महासंघ अध्यक्ष लामा सम्मानित

नेपाल सितोरियो कराँते महासंघका गोरखा अध्यक्ष ग्याम्जो लामा सम्मानित भएका छन् । जिल्ला खेलकुद बिकास समितिले प्रथम पृथ्वीनारायण गोल्डकप प्रतियोगिताको अवसर पारेर उनलाई सम्मान गरेको हो ।

चितवन जिल्ला कालिका नगरपालिका–६ घर भई लामो समयदेखि गोरखा नगरपालिकाको बराहमा बस्दै आएका उनी २०५२ सालदेखि जिल्ला राष्ट्रिय खेलकुद परिषदको सितोरियो कराँते प्रशिक्षकको रुपमा कार्यरत छन् ।

प्रशिक्षकको भूमिका निर्वाह गरी कराँते खेलमार्फत गोरखालाई राष्ट्रिय स्तरमा चिनाउन पु¥याएको योगदानको कदर गर्दै लामालाई सम्मान गरिएको जिल्ला खेलकुद बिकास समिति अध्यक्ष प्रेम तामाङले बताए ।

सम्मान स्वरुप उनलाई कदर पत्र प्रदान गरिएको हो । यसअघि समितिमा समेत कार्यरत उनी हाल निवृत्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्