| सोमवार, कार्तिक २३, २०८३

घाइते अबस्थामा भेटिएका एक अपरिचित युवाको मृत्यू

शनिबार साँझ गोरखामा घाइते अबस्थामा भेटिएका एक अपरिचित युवाको उपचारका क्रममा मृत्यू भएको छ । गोरखा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि भरतपुर अस्पताल लगिएको उनको आइतबार बिहान सातबजेतिर मृत्यू भएको प्रहरीले जनाएको छ ।

‘गस्तीमा खटिएको प्रहरीको टोलीले शनिबार बेलुका साँढे सातबजेतिर गोरखा नगरपालिका ६ हटियाथोकस्थित बाटोमा एकजना अन्दाजी ३५ बर्षको जति देखिने युवकलाई टाउकोमा चोट लागी घाइते भएर लडिरहेको अबस्थामा फेला पारेको थियो’, डिएसपी राजकुमार श्रेष्ठले भने, ‘उनलाई उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइयो । त्यहाँबाट पनि थप उपचारका लागि भरतपुर अस्पताल चितवनमा पठायो । उपचारको क्रममा आज(आइतबार) बिहान मृत्यू भएको खबर प्राप्त भएको छ ।’

अन्दाजी ३५ बर्षका जस्ता देखिने ती मृतक युवाको नामथर वतन नखुलेको प्रहरीले जनाएको छ । उनको शव भरतपुर अस्पताल चितवनको शव गृहमा सुरक्षित राखिएको भन्दै प्रहरीले केही कसैको चिनेजानेको वा आफन्त भए प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्