| सोमवार, कार्तिक २३, २०८३

पत्रकार किरण लोहनीलाई मातृशोक

पत्रकार किरण लोहनीलाई मातृशोक परेको छ । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्यसमेत रहेका लोहनीकी आमा भगवती लोहनीको गत माघ २२ गते दिनको करिब दुईबजे निधन भएको हो ।

दम तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित लोहनीको बिगत आठ महिनादेखि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल काठमाडौंको सघन उपचार कक्षमा उपचार भइरहेको थियो ।

७६ बर्षको उमेरमा निधन भएकी लोहनीको हिन्दूधर्म परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्