| सोमवार, कार्तिक २३, २०८३

मतदाता साक्षरता कार्यक्रम संचालन गर्न माग

आसन्न प्रतिनिधिसभा निर्वाचन लक्षित मतदाता साक्षरता कार्यक्रम संचालन गर्न मतदाताहरुले माग गरेका छन् । मतदाता शिक्षा आवश्यक रहेको भन्दै उनीहरुले यस्तो माग गरेका हुन् । बिशेष गरी उत्तरी गोरखामा साक्षरता कार्यक्रम आवश्यक रहेको चुमनुव्री गाउँपालिका वडा नम्वर १ का अध्यक्ष कर्म छेवाङ लामाले बताए ।

उनका अनुसार सामागाउँका अधिकांश नागरिकहरु सामान्य लेखपढ गर्न समेत नसक्ने छन् । ‘बदर नहुने गरी कसरी भोट हाल्ने, मतपत्र कसरी पट्याउने जस्ता सामान्य कुरा पनि नपढेका स्थानीयहरुलाई खासै थाहा हुदैन,’ उनले भने, ‘चुनावअघि त्यो कुराहरु सिकाउनु प¥यो नी !’ मतदाता शिक्षा कार्यक्रमले बदर मतको संख्या कम गर्ने उनको बिश्वास छ । सोही पालिका वडा नम्वर ७ छेकम्पारका वडाध्यक्ष टासी दोर्जे लामाले पनि सोही कुरा दोहो¥याए । भने, ‘भोट हाल्ने प्रक्रिया अलि अप्ठेरो नै छ । शहरी क्षेत्रको मान्छेहरु त झुक्किन्छन्, झनै हाम्रो गाउँका बासिन्दाहरु झुक्किनि नै भए ।’

साक्षरता कार्यक्रम संचालन नभए धेरै मत बदर हुन सक्ने जोखिम रहेको वडा नम्वर ३ सिर्दिवासका अध्यक्ष रामकुमार गुरुङले बताए । जिल्ला निर्वाचन कार्यालयले भने यसपालिको चुनावमा मतदाता शिक्षा सम्बन्धी कार्यक्रम नरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्