
बुढीगण्डकी बन्न अब ढिला नहोस्
बुढीगण्डकी जलबिद्युत आयोजनाको मोडालिटी मन्त्रिपरिषदले स्वीकृत गरेसँगै अव आयोजना बन्ने झिनो आशा पलाएको छ । लामो समयदेखि अन्योलमा रहेको यस आयोजनाको निर्माण कार्य अव सुरु होला भन्ने अपेक्षा गरौ । मन्त्रिपरिषदको निर्णय अवका दिनमा भने प्रभावितलाई आश्वासन मात्र बाड्ने गरि निर्णयमा मात्र सिमिति नबनोस् ।
करिव १२ सय मेगावाट क्षमताको उक्त आयोजनाबाट प्रभावित क्षेत्रमा मुआब्जा वितरणमै राज्यको हालसम्म करिव ३० अर्ब रकम खर्च भइसकेको छ । आयोजनाको कुल लागत करिव ३ खर्ब ७४ अर्व लाग्ने अनुमान गरिएको छ । गोरखा र धादिङ जिल्लालाई समेटेर निर्माण हुने यस आयोजना बनेमा बिद्युतमात्र होइन देशको अर्थतन्त्रमै ठुलो प्रभाव पर्ने पक्का छ ।
उत्पादित बिद्युत बिदेशमा बेच्न सकिन्छ । आयोजनालाई अध्ययन अनुसन्धान स्थलको रुपमा परिचित गराउन सकिन्छ । पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्न सकिन्छ । व्यापार व्यवसाय फष्टाउने छ । स्थानीयलाई रोजगारको अवसर मिल्ने छ । माछा पालन र डुंगा सवारले स्थान पाउने छन् । यस्तो धेरै अवसर आयोजनाले दिने छ ।
तर बिडम्वना बर्षाैदेखि निर्माण सुरु गर्ने भन्दै प्रभावितलाई आश्वासन बाड्दै आएको सरकारले केही दिनअघि मात्र मोडालिटी स्वीकृत गरेको छ । अव भने निर्माण कार्य अघि बढोस् । प्रभावितले झेल्दै आएको दुख र अन्यौलता हटोस् । आयोजना चाडै बनोस् र देशको अर्थतन्त्रलाई कायापलट गर्न सकोस् ।




