| सोमवार, कार्तिक २३, २०८३

औपचारिक पोशाकबारे वक्तृत्व कला प्रतियोगितामा प्रजिता प्रथम

औपचारिक पोशाकका बारेमा आयोजना गरिएको वक्तृत्व कला प्रतियोगितामा प्रजिता बानियाँ प्रथम भएकी छन् । न्यू टेलर्स लोगोको ११ औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा द वल्ड क्यापिटल सेकेण्डरी स्कूल पढ्ने ताप्लेकी प्रजिता बानियाँ प्रथम भएकी हुन् ।

उनले प्रथम पुरस्कारस्वरुप रु आठ हजार बराबरको लङ कोट प्राप्त गरेकी छिन् । त्यस्तै प्रतियोगितामा जेनियस बोर्डिङ स्कूलमा अध्ययनरत सञ्जु श्रेष्ठ द्वितीय भएकी छिन् । उनले पुरस्कारस्वरुप रु सात हजार बराबरको ब्लेजर प्राप्त गरेकी छिन् । त्यस्तै महालक्ष्मी माविमा अध्ययन गर्ने मृदुषा अर्याल तृतीय भएकी छिन् ।

उनले पुरस्कारस्वरुप ६ हजार रुपैयाँ बराबरको टेक कोर्ट प्राप्त गरेकी छिन् । त्यस्तै सान्त्वना हुने भीमसेन थापा ६ अश्राङका सरोज परियारले ४ हजार रुपैयाँ बराबरको सर्ट प्याण्ट प्राप्त गरेका छन् ।

प्रतियोगितामा ११ जना सहभागी थिए । साथै सोही अवसरमा टेलर्स लोगोलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने १० जनालाई सम्मान गरिएको टेलर्स लोगोका सञ्चालक बालकृष्ण परियारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्