| सोमवार, कार्तिक २३, २०८३

चाडपर्व लक्षित उपहार योजनामा ८१ जनाले पाए उपहार

नेपाल मोवाइल व्यवसायी संघ गोरखाले संचालन गरेको चाडपर्व लक्षित उपहार योजना अन्तरगत उपहार पाउने व्यक्तिहरुको नाम सार्वजनिक गरिएको छ । जिल्ला सदरमुकाममा जारी १२ औं गोरखा महोत्सवको अवसर पारेर संघले उपहार बिजेताहरुको नाम सार्वजनिक गर्दै वितरण गरेको हो ।

संघका अनुसार उपहार स्वरुप रोहन थापाले ४३ इन्चको स्मार्ट टिभि पाएका छन् । स्मार्ट फोन पाउनेमा सरिता गुरुङ, सन्तोष बसेल, बिरवर गुरुङ, गेमसन घले र अनुप गुरुङ रहेका छन् । दश जनाले स्मार्ट घडी पाएका छन् भने पाँच जनाले पावर बैंक पाएको संघका अध्यक्ष सन्दिप ढकालले बताए ।

‘३० जनाले एयरपोड्स पाए,’ उनले भने, ‘दश जनालाई बारफोन दियौँ ।’ दश जनाले ‘एनालग वाच’ र दश जनाले स्पिकर पाएको उनले जानकारी दिए ।उनका अनुसार दशैँ तिहारमा मोवाइल तथा मोवाइल सम्बन्धी कुनै पनि सामग्री किन्ने ग्राहकलाई कुपन उपलब्ध गराइएको थियो ।

सोही कुपनबाट गोलाप्रथा मार्फत उपहार बिजेताहरु छनोट गरिएको संघले जनाएको छ । संघका अनुसार कुल ८१ जनाले उपहार पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्