| सोमवार, कार्तिक २३, २०८३

एकनाले भरुवा बन्दूक बरामद

प्रहरीले एकनाले बन्दूक बरामद गरेको छ । धार्चे गाउँपालिका ४ लाप्राकका टेकबहादुर गुरुङले अवैध रुपमा प्रयोग गरेको सूचनाको आधारमा उनको घरमा खानतलासी गर्दा प्रहरीले एकनाले भरुवा बन्दूक फेला पारी बरामद गरेको जनाएको छ ।

नेपालको प्रचलित कानूनअनुसार अनुमतिबिना घरमा बन्दूक राख्न तथा प्रयोग गर्न प्रतिवन्धित छ । ४० बर्षका टेकबहादुर गुरुङले बन्दूक पड्काउँदा घाइते भई काठमाडौस्थित अलनेपाल अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन् ।

सो सूचना पाएपछि प्रहरीले पुस ९ गते बुधबार उनको घरबाट बन्दूक बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्