
सहरोन्मुख माछाखोलाको सवारी व्यवस्थापन प्रसंसनीय
देशलाई कस्तो बनाउने भन्ने त्यस देशले अवलम्बन गरेको शासन व्यवस्थाले निर्धारण गर्दछ । नेपालको संविधान २०७२ ले बिगत १० बर्षदेखि नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मार्गमा हिडाएको छ ।
संघीयताले मुलुकका गाउँ–देहात, दूर–दराजलाई पनि धेरथोर सुविधायुक्त बनाएको छ । अहिले हर गाउँबस्तीमा मोटरबाटो, घरघर खानेपानी, बस्तीहरुमा स्वास्थ्य संस्था पु¥याएको छ । १० बर्षको अवधिमा यति धेरै विकास भएको छ कि, यसलाई विश्वका विकसित मुलुकसंग दाँजेर नभै आफैसंग केही बर्षअघिको अवस्थासंग दाँजेर हेर्दा सन्तुष्टि मिल्दछ ।
गोरखाको सदरमुकामबजार भन्दा बाहिर पालुङ्टार, मनकामना, आरुघाट, भच्चेक, बारपाक, आर्खेत, माछाखोला बजारहरु सहरोन्मुख भइरहेका छन् । त्यहाँसम्म हिउँद बर्खै सवारी साधन चल्ने सडक पुगेका छन् । तीमध्य पालुङ्टार, भच्चेक, बारपाक, आरुघाटमा कालोपत्रे सडक पुगेका छन् । इन्टरनेट, वैंक, प्रहरी चौकी, खानेपानी, विद्यालय, स्वास्थ्यसंस्था(आधारभूत अस्पताल) पनि पुगेका छन् ।
यी सब सन्तोष मान्ने आधारहरु हुन् भलै, युवाहरु विदेशिने क्रम रोकिएको छ्रैन । माछाखोला बजारमा बिगत पाँचबर्षदेखि सवारी साधन चल्न थालेको हो । केहीबर्षअघिसम्म दुर्गम ठाउँ मानिने यहाँ अहिले पनि हिउँदबर्खै सवारी साधन चल्न नसके पनि हिउँदका बेला सबै खालका सवारी साधन चल्छन् । अहिले ठूला सहरमा उपलब्ध हुनेजस्ता धेरै सुविधाले युक्त हुन थालेपछि माछाखोला बजार सहरोन्मुख भएको छ । सवारी चाप पनि उत्तिकै छ ।
यो अवस्थालाई मध्यनजर गरी माछाखोलामा सवारी पार्किङस्थललाई व्यवस्थित बनाउने प्रयत्न गरिएको छ । कवर्डहलनेरको खालि जग्गामा सवारी पार्किङ गर्ने तयारी गरिएको छ । नत्र अहिले बजार पुग्नेनेरको सडकमै अस्तव्यस्त पार्किङ गर्ने गरिएको छ । सवारी पार्किङ व्यवस्थित भएपछि बजारको सौन्दर्यमा थप बढोत्तरी हुनेछ ।




