| सोमवार, कार्तिक २३, २०८३

मगर संघ गोरखा–२ को क्षेत्रीय समितिमा राना

नेपाल मगर संघ गोरखा क्षेत्र नम्वर २ को दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिवार भएको क्षेत्रिय समिति अधिवेशनले वेदबहादुर रानाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

जसको उपाध्यक्षमा तोपमान थापा, सचिवमा सपना आले मगर, सहसचिवमा खड्कबहादुर राना र कोषाध्यक्षमा ज्ञान माया आले चयन भएका छन् । सदस्यहरुमा खिमबहादुर राना, जितबहादुर थापा, पदमबहादुर थापा, बृद्धिबहादुर पुलामी, मुगाराना मगर, लक्ष्मण आले र टेकबहादुर मास्की रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्