| सोमवार, कार्तिक २३, २०८३

क्रिसमसको शुभकामना आदानप्रदान

गोरखामा इसाई समुदायको नजिकिदैँ गरेको क्रिसमसको अवसरमा शुभकामना आदानप्रदान गरिएको छ । गोरखाली ख्रीस्टिय समुदायको आयोजनामा बुधबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा एक आपसमा शुभकामना आदनप्रदान सँगै सांस्कृतिक कार्यक्रम पनि गरिएको ख्रीस्टिय समुदायका सचिव तेज बहादुर बरामले जानकारी दिए । यसअघि भिमसेन थापा गाउँपालिकामा पनि क्रिसमसको शुभकामना आदनप्रदान कार्यक्रम गरिएको बरामले बताए ।

समुदायका अध्यक्ष देवबहादुर थापाको अध्यक्षता तथा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण राना मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालुङटार नगरपालिकाका मेयर विवस चिन्तन, भिमसेन थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जरा, गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी, तुलसी बहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी भरत बहादुर बिक, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्