| सोमवार, कार्तिक २३, २०८३

कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने गोरखाका लामिछाने पक्राउ

कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा गोरखाका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–२ घर भई हाल काठमाडौंको टोखामा बस्दै आएका ४३ बर्षीय खडानन्द लामिछाने रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार आकर्षक तलवको प्रलोभनमा पारी बैदेशिक रोजगारीमा लैजाने भन्दै रकम लिएर सम्पर्कविहीन भएपछि लामिछाने बिरुद्ध जाहेरी परेको थियो ।

सोही जाहेरीको आधारमा सोमवार उनलाई काठमाडौंबाट पक्राउ गरिएको एसपी आचार्यले बताए । ‘हामीले पक्राउ गरेर आवश्यक कारवाहीका लागि बैदेशिक रोजगार बिभाग पठाएका छौ,’ उनले भने, ‘उनी बिरुद्ध तीन लाख रकम बिगो माग गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्