| सोमवार, कार्तिक २३, २०८३

बडहरे पाखा सामुदायिक वनको नयाँ कार्यसमिति चयन

गोरखा नगरपालिका–११ स्थित बडहरे पाखा सामुदायिक वन उपभोक्ता समूहको ३३ औं साधारण सभा तथा १६ औं अधिवेशन सम्पन्न भएको छ । सोमवार भएको अधिवेशनले पूर्णबहादुर थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

जसको उपाध्यक्षमा गणेश गिरी, सचिवमा रेनु बयलकोटी र कोषाध्यक्षमा सपना कुमाल चयन भएका छन् । सदस्यहरुमा डम्मरबहादुर कुँवर, गमबहादुर बयलकोटी र कुमारी थापा चुमी रहेका छन् ।

गणेशबहादुर थापाको अध्यक्षता तथा वडाध्यक्ष रामबहादुर खड्काको प्रमुख अतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा वडा सदस्य रेनकुमार थापा मगर, बिमला थापा मगर, भूराजवृक्ष आधारभूत बिद्यालयका प्रधानाध्यापक केदारबाबु दुवाडी, लेखाजोखा समिति संयोजक भूगोलबहादुर बयलकोटी लगायतको सहभागीता रहेको थियो । उक्त सामुदायिक वनमा २ सय ६० घरधुरी आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्