| सोमवार, कार्तिक २३, २०८३

बिन्ध्यावासिनी कान्तेस्वाँरा हुँदै डेरागाउँ जाने सडकको सरसफाई

गोरखा नगरपालिका–३ स्थित विन्ध्यावासिनी कान्तेस्वाँरा हुदै डेरागाउँ जाने सडक क्षेत्रको सरसफाई गरिएको छ । कान्तेस्वाँरा विन्ध्यावासिनी टोल बिकास संस्था र बिन्ध्यावासिनी समूहले नालासहित सडक क्षेत्रको सरसफाइ गरेका हुन् ।

‘सडक कालोपत्रे भए पनि झाडी बढेर साँघुरो भएको थियो, सडकमाथि पातपतिङ्गर थिए,’ विन्ध्यावासिनी मन्दिर सूचना तथा संचार समिति संयोजक बिमल श्रेष्ठले भने, ‘आज सबै सफा ग¥यौँ ।’ प्रत्येक साता सरसफाई कार्यक्रमलाई निरन्तरता दिने उनले बताए ।

विन्ध्यावासिनी मन्दिर परिसरमा चैत महिनामा स्थानीयले आयोजना गरेको एकाह पूजालाई समेत लक्षित गरी सरसफाई गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्