
विविध कार्यक्रम गरी मनाइयो ३४ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस
३४ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस जिल्लामा विविध कार्यक्रम गरि मनाइएको छ । दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमसँगै वक्तृत्वकला प्रतियोगिता भएको छ ।
गोरखा नेत्रहीन संघको आयोजनामा भएको कार्यक्रममा बिभिन्न बिद्यालयमा अध्ययनरत अपाङ्गता भएका आठ जना बिद्यार्थी सहभागी थिए । अमरज्योती मावि पालुङटार, नवज्योती मावि डण्डीडाँडा, सरस्वती मावि आहाले, बिन्ध्यावासिनी मावि नारेश्वर र मनकामना बहिरा आवासिय बिद्यालय टक्सारका बिद्यार्थी सहभागी थिए । अपाङ्गता र चुनौती बिषयक वक्तृत्वकला प्रतियोगितामा सहभागी सबैलाई नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको छ ।
गोरखा नेत्रहीन संघकी अध्यक्ष गितामाया श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिकाका मेयर कृष्ण राना, उपमेयर मसलीमाया थोकर, सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्मा, एकीकृत सेवा कार्यालयका प्रमुख दशरथ शर्मा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमकै अवसरमा अन्तरक्रिया समेत भएको छ ।
कार्यक्रमको बिषयवस्तुमाथि अलबिनो समाज गण्डकी प्रदेश संयोजक पवनकुमार बस्नेतले सहजिकरण गरेका थिए । एकीकृत सेवा कार्यालय, गोरखा नगरपालिका, कोसिस नेपाल, नेपाल अपाङ्ग महिला संघ गोरखा, मनास्लु संरक्षण क्षेत्र, नेपाल नेत्रहीन संघको आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।




