| सोमवार, कार्तिक २३, २०८३

हाम्रो सहारा फाउण्डेशनको दशौं बार्षिकोत्सव सम्पन्न

अनाथ बालबालिकालाई सहारा दिने मुख्य उद्देश्यसहित स्थापित हाम्रो सहारा फाउण्डेशनले स्थापनाको दशौं वार्षिकोत्सव मनाएको छ । शुक्रबार फाउण्डेशनले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।

फाउण्डेशनकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो समारोहमा हाम्रो सहारा फाउण्डेशन स्वीजल्याण्डकी अध्यक्ष लरिसा जिमरम्यानले गोरखास्थित अनाथ आश्रमका रहेका बालबालिका तथा कर्मचारीहरुलाई सम्मान गरेको थिइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले अनाथ बालबालिकालाई आश्रय दिएर संस्थाले ठूलो योगदान दिएको बताएका थिए ।

साथै संस्थाले धार्चे लगायतका दुर्गम गाउँबस्तीमा जीविकोपार्जन सम्बन्धी काम गरेकामा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा गोरखा लायन्स आँखा केन्द्रका अध्यक्ष श्रवणकुमार जोशी, गोरखा नगरपालिका ७ का वडाअधयक्ष विष्णुप्रसाद श्रेष्ठ, सहिदलखन गाउँपालिका ७ का वडाअध्यक्ष शरण श्रेष्ठलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा काजीराम रोकाले सार्वजनिक लेखा परीक्षण प्रतिवेदन पेश गरेका थिए ।

२०७२ सालको मंसीर ४ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सो संस्था समाज कल्याण परिषदमा दर्ता भएर विभिन्न कार्यक्रम गर्दै आएको छ । ७२ सालको भूकम्पमा परी बाबुआमा गुमाएका बालबालिकालाई गाँस, बास, कपास उपलब्ध गराएको थियो । धार्चेका विभिन्न वडाहरुमा आत्मनिर्भरताका लागि तरकारी खेती कार्यक्रम, गोठालाहरुलाई सूचना, सञ्चारको पहुँचमा पु¥याउन रेडियो वितरण लगायतका कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्