
कानटार–बनौती सडक आजदेखि बन्द हुने
रामशाहघाट मनकामना सडकखण्डको कानटार–बनौती सडक बन्द हुने भएको छ । शहिद लखन गाउँपालिका वडा नम्वर ३ मा पर्ने उक्त सडकखण्ड आज वुधबारबाट बन्द हुने बताइएको छ । मंगलवार सार्वजनिक सूचना जारी गर्दै वडा नम्वर ३ को कार्यालयले सो कुरा जानकारी गराएको हो ।
सडक कालोपत्रे गर्न लागिएकाले अर्काे सूचना नभएसम्मका लागि सो सडकखण्डमा सवारी आउजाउ गर्न नपाइने वडा कार्यालयले जनाएको छ । सो अवधिभर बैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।




