| सोमवार, कार्तिक २३, २०८३

महिला उद्यमी संघ गोरखाको अध्यक्षमा पाण्डे

महिला उद्यमी संघ नेपाल गोरखाको अध्यक्षमा सिर्जना पाण्डे निर्वाचित भएकी छन् । संघको शनिबार सम्पन्न चौंथो साधारण सभा तथा दोस्रो अधिवेशनले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा शारदा खत्री, सचिव जुना सुनार, सह–सचिव गिता देवकोटा, कोषाध्यक्ष अस्मिता कट्टेल र सह–कोषाध्यक्षमा निर्मला पोखरेल चयन भएका छन् । सदस्यहरुमा सानुमाया थापा, सिर्जना कोइराला, रमा बस्नेत, सुनिता श्रेष्ठ, सोमती श्रेष्ठ र सर्मिला घिमिरे चयन भएको अध्यक्ष पाण्डेले जानकारी दिइन् । कार्यक्रममा सफल उद्यमीको रुपमा सानुमाया थापालाई सम्मान गरिएको छ ।

संघकी अध्यक्ष रिता रेग्मी अर्यालको अध्यक्षता तथा गोरखा नगरपालिकाकी उपमेयर मसलीमाया थोकरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिला उद्यमी महासंघ गण्डकी प्रदेशकी संयोजक तथा अध्यक्ष पर्वती पौडेल रेग्मी, गोनपाका निवर्तमान उपमेयर विना कुमारी श्रेष्ठ, गोनपा–१३ की वडाध्यक्ष मित्रा परियार, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल, उद्योग वाणिज्य संघ गोरखाका महासचिव चन्दनबाबु खत्री, गोरखा टेलरिङ व्यवसायी संघका अध्यक्ष बिकासबाबु परियार, ओमन चेम्बर अफ कर्मस गोरखाकी अध्यक्ष पूर्णकुमारी शाही, समिति साधारण सदस्य गिता देवकोटा लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्