| सोमवार, भदौ २८, २०८३

पालिकाको पैसा कहिलेसम्म व्यक्तिको गोजीमा

पालुङटार नगरपालिको पैसा सातबर्षदेखि व्यक्तिको गोजीमा रहेको छ । गत २०७५ सालदेखि स्वरोजगार गरेर किस्ताबन्दीमा तिर्ने बाचा गरी लगेको पैसा लामो समयदेखि गोजीमै राखी नतिरेका हुन् ।

बेरोजगार युवालाई स्वरोजगार गर्न पालिकाले स्वआर्जन प्रवद्र्धन कोष आयोजना सञ्चालन गरेको थियो । सोही कार्यक्रम अन्तर्गत तीनसय जनाले २ प्रतिशत ब्याज दरमा करिब ४ करोड ३० लाख रुपैयाँ लगेका थिए । तीनसय जना युवाहरुले लगेकोमा हालसम्म जम्मा एकसय जना युवाले मात्र ऋण तिरेका छन् । उनीहरुबाट करिब दुई करोड ५० लाख रुपैयाँ संकलन भएको छ । पालिकाको बाँकी रकम डुबिरहेको छ ।

नगरपालिकाले स्वआर्जन प्रवद्र्धन कोष आयोजनाको नाममा चार करोड ३० लाख रुपैँया बजेट बिनियोजन गरेको थियो । अधिकांश ऋणी युवाहरुले थोरै थोरै रकम तिरेर छोडेका छन् । करिब ३०, ४० जना युवाहरुले एक किस्ता पनि तिरेका छैनन् । सो रकम उठाउन पालिकाले विभिन्न समयमा पटक पटक बैठक राखेर छलफल ग¥यो । पटक पटक सूचना पनि प्रकाशन गरिसकेका छ । ऋण लैजानेहरुलाई फोन गरी रकम तिर्न आग्रह पनि गरेको हो, तर रकम भने उठेको छैन ।

पालिकाले स्वआर्जन प्रवद्र्धन कोष आयोजनामार्फत प्रतिव्यक्ति ५० हजारदेखि ६ लाखसम्म लगानी गरेको थियो । ऋण लगेकाहरु सबैको रकम तिर्नुपर्ने म्याद पनि गुज्रिसकेको छ । लगानी गरेको रकम नउठेपछि नगरपालिकाले अहिले लगानी गर्न छोडेको छ ।

बेरोजगार भएर बसेकालाई स्वरोजगार गर्न भरथेग हुन्छ भनेर पालिकाले सहयोग गरेको हो, तर त्यसलाई दुरुपयोग गरी लगानी डुबाउनेहरु सजायँका भागिदार हुन्छन् । ऋण लानेहरुको नामावली कार्यालयमा पक्कै पनि छ । उनीहरु भागेका पनि छैनन् । उनीहरुलाई कानूनी दायरामा ल्याउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्