| सोमवार, कार्तिक २३, २०८३

गोरखामा ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

गोरखामा रातको नौ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै बिहान ७ बजेदेखि राती ९ बजेसम्म मात्र देउसी भैलोको कार्यक्रम गर्न अनुरोध गरेको हो ।
नेपालीहरुको महान पर्व तिहार तथा छठको अवसरमा जिल्लाको समग्र शान्ति सुरक्षालाई मध्यनजर गर्दै देउसी भैलौ, नाचगान लगायतका सांस्कृतिक क्रियाकलापहरु राती ९ बजेसम्म मात्र संचालन गर्नुपर्ने सूचनामा भनिएको छ ।

शान्ति सुरक्षामा खलल पु¥याउने, विपद् जोखिम निम्त्याउने तथा वातावरण प्रदुषण हुने पटका, अतिसबाजी जस्ता विस्फोटक पदार्थहरुको आयात, ओसारपोसार, बिक्री वितरण तथा प्रयोग गर्ने कार्य नगर्न समेत प्रशासनले अनुरोध गरेको छ ।
मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा होहल्ला एवं झै–झगडा नगर्न, भिडभाड तथा हुलहुज्जत एवं अशोभनीय क्रियाकलाप नगर्न, अखाद्य रंग मिलाइएका मिठाई र गुणस्तरहीन खाद्य बस्तुहरुको बिक्री वितरण तथा उपभोग नगर्न, म्याद गुज्रेका भाइमसला, प्लास्टिकजन्य फुलमालाको प्रयोग र बिक्री वितरण नगर्न सूचना मार्फत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
त्यस्ता गतिविधि गरेको भेटिएमा कानून अनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ । सार्वजनिक सूचना जारी गर्दै प्रशासनले चाडपर्व मनाउने क्रममा कसैको इच्छा चाहना बिरुद्धको क्रियाकलाप तथा समाजमा अशोभनीय कार्य नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्