| सोमवार, कार्तिक २३, २०८३

व्यवहारिक अभ्यासमार्फत देखाइयो आगलागी नियन्त्रणको उपाय

आगलागी भएमा कसरी नियन्त्रण गर्ने भन्ने बिषयको व्यवहारिक अभ्यास गरिएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालयमा आगलागीजन्य विपदको समयमा उद्धार, राहत र सहजिकरण लगायतका क्रियाकलापको व्यवहारिक अभ्यास गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजना तथा गोरखा नगरपालिका र सशस्त्र प्रहरी बल नेपाल २९ गुल्म गोरखाको समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रममा खाना पकाउने ग्याँसको सिलिण्डरबाट आगलागी भएमा घरेलु उपकरणबाटै सामान्य रुपमा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारे अभ्यास गरिएको थियो ।

साथै आगलागी भएमा कसरी नियन्त्रण गर्ने भन्ने बारे पनि अभ्यास मार्फत देखाइएको थियो । कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, बिभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्