
चुमनुब्रीमा जुवातासजन्य गतिविधि नगर्न आग्रह
चुमनुब्री गाउँपालिकाले जुवातास नियन्त्रणका लागि पहल थालेको छ । आइतवार सार्वजनिक सूचना जारी गर्दै पालिकाभित्र जुवातासजन्य गतिविधि नगर्न सचेत गराएको छ ।
पालिकाभित्र जुवातासजन्य गतिविधिहरु बढेको जनगुनासो आएको भन्दै समयमै सचेत भई त्यस्ता गतिविधि नगर्न पालिकाले आग्रह गरेको छ । वेवास्ता गरी जुवातास खेलेको वा खेलाइएको पाइएमा कानून बमोजिम कारवाही गर्ने पालिकाले चेतावनी दिएको छ ।




