| सोमवार, कार्तिक २३, २०८३

गोरखा समाज बेल्जियमद्वारा सामाजिक संस्था र व्यक्तिलाई सहयोग

बेल्जियमबासी गोरखालीहरुको सङ्गठन गोरखा समाज बेल्जियमले गोरखाका विभिन्न सार्वजनिक, सामाजिक निकाय तथा व्यक्तिहरुलाई आर्थिक सहायता प्रदान गरेको छ । विभिन्न सामाजिक संस्था तथा व्यक्तिहरुबाट माग भई आएका अनुरोधहरुलाई स्वीकार गर्दै समाजले सहयोग प्रदान गरेको हो ।

समाजको गत सेप्टेम्बर १५ मा सम्पन्न बैठकले गोरखा नगरपालिका १० बिरिन्चोक निबासी कृश पौडेललाई पचास हजार रुपैयाँ, गोरखा नगरपालिका १० बिरिन्चोक निबासी दिपा थापा पुलामीलाई पचास हजार रुपैयाँ सहयोग प्रदान गरेको जनाएको छ । त्यस्तै गोरखा नगरपालिका ६ स्थित बालमन्दिर माविको अनाथआश्रममा रहेका बालबालिकाका लागि एक लाख रुपैयाँ, पालुङटार नगरपालिका ७ निबासी उज्जन थापा मगरलाई पचास हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

त्यस्तै पालुङटार नगरपालिका ७ निबासी नबिना थापालाई पचास हजार, आरुघाट गाउँपालिका ४ निबासी शंकर गुरुङ्गलाई रुपैया एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै धार्चे गाउपालिका १ हुल्चुक निबासी पूर्ण गुरुङलाई एक लाख, आरुघाट गाउपलिका ७ आरुपोखरी निबासी उमाकान्त खनाललाई एक लाख प्रदान गर्ने पनि निर्णय गरेको छ ।

समाजले समर बार्बेक्यु कार्यक्रम गरी सो रकम संकलन गरेको थियो । सो अवसरमा समाजले चार हजार पाचसय पच्चीस युरो संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्