| सोमवार, कार्तिक २३, २०८३

महिलामाथि असुरक्षा र हिंसा बढाउने गतिविधि रोक्न महिला संघहरुको अपिल

विषम परिस्थितिको गलत फाइदा उठाएर समाजमा अशान्ति फैलाउने, महिलामाथि असुरक्षा र हिंसा बढाउने वा कुनै गलत गतिविधि गर्ने प्रयासहरुलाई रोक्न जिल्लाका विभिन्न महिला संघ संगठनहरुले अपिल गरेका छन् । नेपाल महिला संघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र अखिल नेपाल महिला संघ(समाजवादी) गोरखाले संयुक्त विज्ञप्ति जारी गर्दै महिलामाथिको असुरक्षा र हिंसा रोक्न अपिल गरेका हुन् ।

जेन–जीको आन्दोलनका क्रममा भदौ २४ गते देशव्यापी रुपमा भएका तोडफोड र आगजनीजस्ता गतिविधिले देश कता जाँदै छ भन्ने चिन्ता बढेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्तो विषम परिस्थितिमा देशी, विदेशी प्रतिक्रियावादी शक्तिहरुले गर्न सक्ने सम्भावित षडयन्त्रप्रति सजग र सर्तक रहन अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्