| सोमवार, कार्तिक २३, २०८३

धन्सार भत्किदाँ पशुचौपाया मरे

सिरानचोक गाउँपालिका–८ लाङ्दीमा पहिरोका कारण धन्सार भत्किदाँ पशुचौपाया पुरिएर मरेका छन् । शुक्रबार राती अबिरल वर्षपछि आएको पहिरोले लाङ्दीकी निरकुमारी सापकोटाको दुई तले धन्सार भत्किएको थियो ।

धन्सार भत्किदाँ त्यहाँ बाँधेर राखेको भैसी र राँगो पुरिएर मरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले बताए । साथै, धन्सारभित्र रहेको अन्नपातसमेत क्षति भएको उनले जानकारी दिए । पहिरोका कारण मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्