| सोमवार, कार्तिक २३, २०८३

रोपवेले चेपाङ किसानलाई राहत होओस्

गण्डकी गाउँपालिका ६ हिक्लुङ र थुम्काका किसानको कृषि उत्पादनलाई बजारसम्म पु¥याउन गाउँपालिका र गण्डकी प्रदेश सरकारले रोपवे निर्माण कार्य सुरु गरेका छन् । चेपाङ समुदायको मात्र बसोबास रहेको हिक्लुङ र थुम्काबाट पृथ्वीराजमार्गको हिक्लुङघाटसम्म रोपवे निर्माण गर्न लागिएको हो । यहाँका चेपाङ समुदायले २०५० को दशकदेखि नै व्यवसायिक तरकारी खेती सुरु गरेका हुन् ।

राजमार्गका फिस्लिङ, मझिटारसम्म पु¥याएपछि उनीहरुको उत्पादनले बजार पाउँछ । तर गाउँबाट राजमार्ग झार्न डोकोमा बोकेर झार्नुपर्ने अबस्था छ । अर्थात जीपमार्फत थुम्का, हिक्लुङबाट घुमेर बालकी, देवीथान हुदै फिस्लिङ पु¥याउनु पर्ने अबस्था छ । छोटोबाटो राजमार्ग झार्नेगरी सडक बनाउन धेरै प्रयास भएको हो तर, भिरालो जमिन भएकाले यहाँसम्म सडक निर्माण गर्न धेरै कठिन भयो । गाउँ पनि जोखिम हुने भयो । त्यसैले रोपवे नै सबैभन्दा उत्तम विकल्प हो ।

गाउँपालिकाको ६० प्रतिशत र प्रदेश सरकारको ४० प्रतिशत लागत साझेदारीमा काम भइरहेको छ । यो रोपवे असोज महिनाभित्र निर्माण गरिसक्ने लक्ष्य हो । सोही अनुसार काम धमाधम भइरहेको छ । सो रोपवेको लम्बाइ ६३० मिटर रहेको छ । चितवनको जिटी मेसिन प्रालि कम्पनीले रोपवेको निर्माण गरिरहेको हो । बिगत ३० बर्षदेखि यहाँका चेपाङ किसानहरु तरकारी खेतीतर्फ उन्मुख छन् । उनीहरुको उत्पादनलाई बजारसम्म पु¥याउन यसअघि यहाँ २०६८ सालमा ग्राभिटी रोपवे निर्माण गरिएको थियो । सो प्रविधि विग्रिएपछि अहिले विद्युतबाट चल्ने रोपवे निर्माण गर्न लागिएको हो ।

रोपवे निर्माण भएपछि यहाँका किसानले जीपमा डुवानी गरेको भन्दा सस्तो ढुवानी भाडामा बजारसम्म पु¥याउन सकुन् । गाडीमा भन्दा सहज र छिटो बजारमा पु¥याउन सकुन् ।

प्रतिक्रिया दिनुहोस्