| सोमवार, कार्तिक २३, २०८३

राष्ट्रिय सामुदायिक वन दिवस–२०८२ मनाइयो

राष्ट्रिय सामुदायिक वन दिवस–२०८२, गोरखामा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरेर मनाइएको छ । डिभिजन वन कार्यालय गोरखाको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) जिल्ला महासंघ गोरखा र काष्ठ उद्योग व्यवसायी संघ गोरखाको समन्वयमा आइतबार बृक्षारोपण तथा अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाइएको हो ।

‘समयमै कार्ययोजना नविकरण गरौँ, सामुदायिक वनलाई गतिशील बनाऔँ’ भन्ने मुल नाराका साथ गोरखा नगरपालिका वडा नं १२ स्थित भट्टेटार सामुदायिक वन उपभोक्ता समूहमा बृक्षारोपण गरेर दिवस मनाइएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले बताए । उनका अनुसार फेकोफन गोरखाकी पूर्व कोषाध्यक्ष एवं भट्टेटार सामुदायिक वनकी पूर्व सचिव स्वर्गीय राधिका कुमालको स्मृतिमा बृक्षारोपण गरेर दिवस मनाएको हो । साथै, कार्यक्रममा सामुदायिक वनहरुको संरक्षण र सम्बद्र्धनको विषयमा अन्तरक्रिया भएको उनले जानकारी दिए ।

जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालय गोरखाका प्रमुख शाण्डिल्य, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन)का केन्द्रिय सदस्य नरबहादुर गुरुङ, फेकोफन गोरखाका अध्यक्ष भूमि रेग्मी, काष्ठ उद्योग व्यवसायी संघ गोरखाका अध्यक्ष रुपलाल कुमाल, गोरखा नगरपालिका वडा नं १२ का अध्यक्ष दिलबहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्