| मङ्लबार, कार्तिक २४, २०८३

लागुऔषधसहित एक युवा पक्राउ

आँबुखैरेनी गाउँपालिका ४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषधसहित एकजना पक्राउ परेका छन् । पृथ्वीराजमार्गमा नियमित चेकजाँचका क्रममा बुधबार प्रहरीले नवलपरासी पश्चिम सरावल गाउँपालिका ६ बरसारेका ३१ वर्षीय सन्दीप केवटलाई पक्राउ गरेको हो ।

प्रहरीले वीरगंजबाट स्याङ्जा वालिङतर्फ जाँदै गरेको ग १ ख ७६२५ नम्बरको बसमा सवारी उनको साथबाट डाईजेपाम १ सय एम्पुल, फेनारगन १ सय एम्पुल र बुप्रेनोर्फिन १ सय एम्पुल बरामद गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्