
आँबुखैरेनी गाउँपालिकामा तीन भाषाको साइनबोर्ड
तनहुँको आँबुखैरेनी गाउँपालिकाले तीन भाषामा साइनबोर्ड राखेको छ । राष्ट्रिय भाषा नेपालीसंगै गाउँपालिकाले मगर र गुरुङ भाषामा पनि साइनबोर्ड राखेको हो । सो गाउँपालिकामा मगर र गुरुङ समुदायको बसोबास पनि बाक्लो छ ।
उनीहरुको मातृभाषालाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले कार्यालयको साइनबोर्डमा मगर भाषाको अख्ख लिपि र गुरुङ भाषाको तमू खेमा लिपिमा साइनबोर्ड राखेको जनाएको छ ।
प्रदेश सरकारले हालै मगर र गुरुङ भाषालाई पहिलो र दोस्रो मातृभाषाको रूपमा मान्यता दिने निर्णय र प्रक्रिया सुरु गरेको छ। यस निर्णयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने पहिलो गाउँपालिका बनेको आँबुखैरेनीले उल्लेख्य भूमिका खेलेको छ।




