| मङ्लबार, कार्तिक २४, २०८३

ट्राफिकबाट राजस्व धेरै उठ्नु सुखद कि दुखद

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले चालु आर्थिकबर्ष एक करोडभन्दा धेरै राजस्व संकलन गरेको छ । ट्राफिक प्रहरीले एक करोड २ लाख १७ हजार राजस्व संकलन गरेको हो । ट्राफिक नियम उल्लंघन गर्ने सवारीधनीहरुबाट जरिवाना स्वरुप उक्त राजश्व संकलन गरिएको हो । ट्राफिक राजश्व एक करोड नाघेको यो पहिलो पटक हो ।

आर्थिक बर्ष २०७८/०८९ मा ७६ लाख ३० हजार राजस्व संकलन भएको थियो । गत आर्थिक बर्ष २०८०/०८१ मा ८५ लाख ७१ हजार राजस्व संकलन भएको थियो । यसबर्ष करोड नाघेको छ । राजस्व बढि संकलन हुनुका मुख्य तीन सूचक हुन सक्छन् । एक: सवारी साधनको संख्या बढेसंगै राजस्वको आकार बढ्यो । दुई: सवारी नियम उल्लंघन गर्नेको संख्या बढ्यो र तीन: ट्राफिक प्रहरीको सक्रियता बढ्यो ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेन्द्र पौडेलका अनुसार सवारी नियम उल्लंघन गर्नेको संख्या हरेकवर्ष बढ्दै गएकाले राजस्व वृद्धि भएको हो । कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको असार १५ सम्म जिल्लामा १० हजार ४८५ सवारी साधन कारवाहीमा परे । तर दूरदराज, ग्रामीण भेगमा पनि सडक विस्तार भए । दूरदराज ग्रामीण भेगका यात्रुले पनि सवारी साधन प्रयोग गरे तर नीति नियम पालनामा कमजोरी रह्यो ।

राजस्व संकलन बढ्यो, राज्यको ढुकुटीमा धेरै धनराशी जम्मा भयो । यसरी हेर्दा यो सुखद पक्ष हुन सक्ला । ट्राफिक प्रहरी सक्रिय भयो । सवारी नियम उल्लंघन गर्नेलाई कानूनी दायरामा ल्यायो । यो पनि सुखद पक्ष हुन सक्ला । ग्रामीण भेगमा सवारी चले । धेरै यात्रुले सवारी साधन प्रयोग गरे ।

यो पनि सुखद पक्ष हुन सक्ला तर, धेरैलाई ट्राफिक नियम थाहा भएन, धेरैले ट्राफिक नियम उल्लंघन गरे भन्नेचाहिँ दुखद पक्ष हो । धेरैजनाले लापार्बाहीपूर्वक वा अञ्जानमा कानूनी दायरामा आउनुप¥यो भन्नेचाहिँ दुखद पक्ष हो । अब ट्राफिक नियमसम्बन्धी कार्यक्रमलाई पनि तिब्रता दिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्