
लागूपदार्थ दुव्र्यसनी नियन्त्रणका लागि हातेमालो गरौं
लागूपदार्थ दुव्र्यसनीको बिषय पछिल्लो समय पेचिलो बन्दै गएको छ । युवा देखि बालबालिहरु समेत यसको कुलतमा फस्ने गरेका छन् । लागू औषध दुव्र्यसनीमा फसेर भविष्य बिगार्नेहरुको संख्या जिल्लामा पनि बढ्दो छ । गलत साथीसंगत र अभिभावकको उचित रेखदेख अभावले युवाहरुलाई लागूपदार्थ दुव्र्यसनी तर्फ धकेलीरहेको छ ।
आफ्नो बालबालिकाको संगत कस्तो छ, कहाँ जान्छन्, के गर्छन् भनेर ख्याल नगर्नु पनि अभिभावकको गल्ती हो । नियन्त्रण तथा रोकथाममा अभिभावकको पनि उत्तिकै भूमिका रहन्छ । लागूपदार्थहरूको प्रयोगका विषयमा सूचना प्रसारण हुनुमा इन्टरनेट, विश्वव्यापीकरण जस्ता घट्नाहरू पनि जिम्मेवार छन् ।
यसमा केही हदसम्म कुनै मापदण्डबिना स्थापित उपचार तथा पुनस्र्थापन केन्द्रहरू तथा जथाभावी सञ्चालन गरिने जनचेतनामूलक कार्यक्रमहरू पनि जिम्मेवार देखिन्छन् । तसर्थ, जिम्मेवार निकायबाट कार्यक्रमहरूको तर्जुमा गर्दा विविध पक्षको घनीभूत अध्ययन एवम् छलफल मात्र गर्ने होइन यो समस्याको बस्तुगत विवरण तयार गर्न देशस्तरीय दुव्र्यसन महामारीको अध्ययन सञ्चालन गर्नु अनिवार्य भइसकेको छ ।
लागूऔषधको रुपमा प्रयोग गरिने औषधी बिक्री वितरणको कार्यमा पनि नियमन गर्नु जरुरी देखिन्छ । औषधी पसलहरुमा निगरानी बढाउनुपर्छ । प्रशासन र प्रहरीले संक्रियता बढाउनुपर्छ । सरकारी नीति, ऐन कानुन, नियम तथा संरचनागत व्यवस्था अव्यवहारिक र प्रसारमुखी रहेका छन् । समस्याको जरो सबैलाई थाहा छ, तर कार्यान्वयन पक्षमा उदासीनता मात्र होइन एक किसिमको अनुत्तरदायीता र लापरवाही पनि प्रचुर मात्रामा देखिन्छ ।
समुदायलाई जागरुक बनाउने टुक्रे कार्यक्रमहरूको बहुल्यता छ । यिनमा नियमितता छैन । हचुवाका भरमा कार्यक्रमहरूको निर्माण र सञ्चालनबाट यो विकराल समस्यामा कमी ल्याउन संभव देखिँदैन । दुव्र्यसन समस्या निर्मूल गर्न नसके पनि न्यूनीकरण गर्न सकिन्छ । यसर्थ, यस प्रयोजनका लागि सबै तप्का समुदायको सधन प्रयास जरुरी छ ।




