
बर्खायाममा गर्मी र बाढी पहिरोबाट बचौं
केही दिनदेखि मनसुन भित्रिसकेको छ । हरदिनरात बर्षात हुन थालेको छ । बर्खायाम सुरु भएसँगै गर्मी, बाढी र पहिरोको जोखिम पनि बढ्दै जान्छ । नेपालको भौगोलिक बनावटका कारण हरेक वर्ष यसले ठूलो जनधनको क्षति पु¥याउने गरेको छ । यस्ता प्राकृतिक प्रकोपबाट बच्न पूर्वतयारी र सचेतना अत्यन्तै आवश्यक हुन्छ ।
गर्मीबाट बच्न बर्खा याममा मनसुनले केही राहत दिए पनि यसको असर कायमै रहन्छ । गर्र्मीका कारण विभिन्न स्वास्थ्य समस्याहरू, जस्तैः लू लाग्ने, झाडापखाला, बान्ता आदि हुन सक्छन् । यसबाट बच्न विज्ञहरुले विभिन्न उपायहरु सुझाएका छन् । उनीहरुका अनुसार यस बेला शरीरमा पानीको मात्रा कमी हुन नदिन प्रशस्त मात्रामा सफा पानी, फलफूलको रस, सर्बत आदि पिउनुपर्छ ।
हल्का र खुकुलो कपडा लगाउने, सुतीको वा हल्का र खुकुलो कपडाहरू लगाउनुपर्छ जसले हावा ओहोरदोहोर गर्न सजिलो हुन्छ । घामबाट बच्नका लागि दिउँसोको चर्को घाममा सकेसम्म बाहिर ननिस्कने । निस्कनै परे छाता वा टोपीको प्रयोग गर्ने । ताजा खाना खानेस् बासी र खुला ठाउँमा राखेको खानेकुरा नखाने, ताजा, स्वस्थ र पच्न सजिलो हुने खाना खाने गर्नुपर्छ ।
बाढी र पहिरो बर्खायामका प्रमुख चुनौती हुन् ।
यसबाट बच्न र यसको जोखिम कम गर्न सुरक्षित स्थानको पहिचान गरी आफ्नो घर वा बस्ती बाढी र पहिरोको जोखिममा छ वा छैन भन्ने बारेमा जानकारी लिनुपर्छ । जोखिमपूर्ण स्थानमा भए सुरक्षित ठाउँमा सर्ने तयारी गर्नुपर्छ । पूर्वसूचना प्रणालीको प्रयोग सरकार तथा सञ्चार माध्यमबाट आउने बाढी र पहिरोसम्बन्धी पूर्वसूचनालाई गम्भीरतापूर्वक लिनुपर्छ ।
आपतकालीन किट तयार गर्ने, सुख्खा खाना, पानी, टर्चलाइट, रेडियो, प्राथमिक उपचारका सामग्री, आवश्यक औषधि र महत्वपूर्ण कागजातहरू भएको एउटा झोला तयार गरी राख्ने । खोला, नदी तथा भिरालो जमिनबाट टाढा रहने र बर्खाको समयमा खोलानालामा पानीको बहाव बढ्ने भएकाले काम गर्न र हिँडडुल पनि गर्नु हुदैन । सरसफाइमा ध्यान दिनुपर्छ । पानी जम्न सक्ने ठाउँहरू सफा राख्नुपर्छ । यसले लामखुट्टे तथा अन्य कीटजन्य रोगहरूबाट बच्न मद्दत गर्छ ।




