
विभिन्न कार्यक्रम गरी ट्राफिक सप्ताह सम्पन्न
गोरखामा विभिन्न कार्यक्रम गरी ट्राफिक सप्ताह सम्पन्न भएको छ । शनिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले समीक्षात्मक कार्यक्रमको आयोजना गरी ‘ट्राफिक सप्ताह–२०८२ को समापन गरेको हो ।
यही जेठ २५ गतेदेखि ३१ गतेसम्म जारी ट्राफिक सप्ताह अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यलयले र माताहतका कार्यालयहरुले जिल्लाभर विभिन्न सचेतनामूलक कार्यक्रम संचालन गरेको जिल्ला ट्राफिक प्रमुख राजेन्द्र पौडेलले बताए ।
कार्यक्रमअन्तरगत चालक÷सहचालक प्रशिक्षण, चालक÷सहचालक स्वास्थ्य चेकजाँच, सर्वसाधरणलाई प्रशिक्षण, सेना÷सशस्त्र÷प्रहरी प्रशिक्षण, रक्तदान कार्यक्रम, पर्चा पम्प्लेट वितरण र विद्यार्थी प्रशिक्षण लगायतका कार्यक्रमहरु संचालन भएको थियो’, उनले भने ।
शनिबार समीक्षात्मक कार्यक्रमपछि बेलुका दिप प्रज्वलन गरेर ट्राफिक सप्ताह–२०८२ सम्पन्न भएको हो । जिल्ला ट्राफिक प्रमुख पौडेलले सहजीकरण गराएको समीक्षात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, जिल्ला प्रहरी कार्यलय प्रमुख भरतबहादुर विक, उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष भगवानबाबु मास्के, स्थानिय जनप्रतिनिधिहरु, महिला उद्यमीहरु लगायतको सहभागिता रहेको थियो ।




