भारत सरकारद्वारा गोरखा अस्पताल र गोरखा ६ लाई एम्बुलेन्स
भारत सरकारले प्रदेश अस्पताल गोरखा र गोरखा नगरपालिका वडा नं. ६ का लागि दुई वटा एम्बुलेन्स प्रदान गरेको छ । नेपाल भारत विकास साझेदार कार्यक्रम अन्तर्गत भारत सरकारले शनिबार पोखरामा आयोजित एक समारोहका बीच एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
एम्बुलेन्सलाई ए ग्रेड भनिएको छ । तर राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को अनुसूची ४ मा उल्लेख भए बमोजिमका पूर्वाधारमध्य केही पूरा हुन बाँकी रहेको अस्पतालले जनाएको छ ।
गोरखा नगरपालिका ६ ले प्राप्त गरेको एम्बुलेन्सले यस वडाभरिका बिरामी तथा घाइतेलाई निशुल्क सेवा दिने वडा अध्यक्ष राजेन्द्रकुमार जोशीले जानकारी दिए । जिल्ला बाहिरको अस्पताल पु¥याउनु परेमा समितिले निर्धारण गरेको भाडा लिने, तर गोरखास्थित अस्पतालसम्म मात्र सेवा दिनु परेमा निशुल्क दिने उनले बताए ।




